डाक्टर प्रतिभा धौभडेल मृत फेला

209.62k
Shares

काठमाडौं ।

जिल्ला अस्पताल धादिङमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन्। ३४ वर्षीय डा. धौभडेल काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित आफ्नै घरको बाथरुममा मृत फेला परेकी हुन्।

उनी केही दिनअघि घर बिदामा काठमाडौं आएकी थिइन्। सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए।

अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ। धौभडेलले चितवनको कलेज अफ मेडिकल साइन्सेसबाट एमबीबीएस गरेकी थिइन्।