लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध



धादिङ ।

लेदो माटोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। राजमार्गमाथि खोलिएका बालुवा खानी र खोल्साहरूबाट आएको माटोको लेदो खस्दा राजमार्ग अवरुद्ध भएको हो।

धादिङको गल्छी गाउँपालिका वडा नम्बर-६ बैरेनी महेश दोभान क्षेत्रमा गए रातिदेखि गल्छी गाउँपालिकाको महेश दोभान बजार क्षेत्रमा माथिबाट आएको लेदो सहितको माटो सडकमा जम्मा भएपछि राजमार्ग अवरुद्ध भएको स्थानीयले बताएका छन्।

चिरौँदीको उकालो सडकमा माटो सहितको हिलो भएपछि सवारी साधन सञ्चालन आउन नसकेको स्थानीय सुदिप अधिकारीले जानकारी दिए।

राजमार्ग निर्माणको क्रममा सडकलाई नियमित सञ्चालन हुने गरी निर्माण गर्नुपर्नेमा यसलाई बेवास्ता गर्दै निर्माण सामाग्री यत्रतत्र छाड्ने, सडक खनेपछि नमिलाउने, सवारी सञ्चालन हुने अवस्थामा नपुर्‍याउँदा साधारण पानी पर्दा पनि राजमार्ग अवरुद्ध हुने गरेको छ।

हाल अवरुद्ध भएको यातायात ठेकेदार कम्पनीको डोजरले लेदो पन्छाएपछि सञ्चालनमा आउने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्