यस्तो छ तपाईंको आजको राशिफल



मेष : गुमेको धन हात लाग्नेछ। विवादमा तपाईंको जित हुनेछ। रमाइलो यात्रामा निस्कने योग परेको छ। धार्मिक कार्यमा मन जानेछ। प्रेम सम्बन्धमा सफलता हात लाग्नेछ।

वृष : लामो समयदेखि रोकिएको काम बन्नेछ। वैदेशिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। परिवारको साथ र सहयोग राम्रो छ। लामो यात्राको योग छ।

मिथुन : मेहनतको फल प्राप्त नहुने जोखिम छ। वैदेशिक क्षेत्रमा लगानी नगर्नु राम्रो हुन्छ। मेहनतको आवश्यकता बढी नै देखिन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : हिजोको साथी आज शत्रु बन्ने खतरा छ। सामान हराउने योग रहेकाले यात्रा गर्दा सचेत हुनु राम्रो हुन्छ। समाजबाट प्रशंसा मिल्नेछ। सोचेर बोल्नुपर्ने दिन छ। परिवारको साथ र सहयोग रहनेछ।

सिंह : परिवारको साथ मिल्नेछ। सहयोग गर्ने साथीहरु धेरै छन्। विदेशमा भन्दा स्वदेशमा गरेको लगानीमा फाइदा हुनेछ। थोरै बोल्नु नै हितकारी हुनेछ।

कन्या : नयाँ कामको सुरुवात हुनेछ। वैदेशिक क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। साथीको सहयोग प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध शक्तिशाली बन्नेछ।

तुला : जटिल काम सहजै बन्नेछ। बौद्धिकता प्रयोग गरेर सुरु गरेको काम सफल बन्नेछ। प्रतिस्पर्धी शान्त छन्। शिक्षाको लगानीबाट सोचेजस्तो फल मिल्नेछ।

वृश्चिक : दैनिकी सामान्य छ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। धन खर्च हुने योग परेको छ। मन धेरै शान्त नभइ दबाबमा हुनेछ। काम गर्दा सोचेर गर्नु राम्रो होला।

धनु : रोकिएको काम बन्नेछ। व्यापार र वैदेशिक क्षेत्रमा गरेको लगानीबाट लाभ हुनेछ। जग्गाको कारोबारबाट फाइदा हुनेछ। परिवारको साथ निरन्तर प्राप्त हुने योग छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : सोचेको काम बन्नेछ। धार्मिक कार्यमा मन जानेछ। परिश्रम गर्ने समय भएकाले सफलता हात लाग्ने योग छ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ। परिवारको सहयोग राम्रो छ।

कुम्भ : रमाइलो दिन छ। मनोरञ्जनका साथ दिन बित्ने देखिन्छ। सामाजिक क्षेत्रमा सम्मान प्राप्त हुने योग छ। यात्रामा भने सचेत हुनु राम्रो हुन्छ। शिक्षामा प्रगति हुनेछ।

मीन : दुर्घटनाको जोखिम हुने भएकाले सचेत भएर यात्रा गर्नुपर्ने दिन छ। बोकेको सामान आफ्नै लापरवाहीले हराउने खतरा हुन्छ। लगानी गरेमा घाटा हुने छैन तर धन खर्च हुने योग छ। व्यवहार गर्दा सचेत हुनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्