प्रतिनिधिसभाको बैठक बस्दै

112
Shares

काठमाडौं ।

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ। बैठक बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।

बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवं गृह मन्त्री नारायणकाजी श्रेष्ठले  ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो। तर, बैठक सञ्चालनका लागि आवश्यक गणपूरक सङ्ख्या नपुगे पछि बैठक आजसम्मका लागि स्थगित भएको थियो।

आजको बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने छन् भने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाले राष्ट्रियसभामा उत्पत्ति भएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८०’ पेस गर्ने छिन्।

यस्तै अर्थ मन्त्री प्रकाशशरण महतले ‘भन्सार विधेयक २०८०’ माथी बिचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् भने ‘बैङ्किङ कसुर तथा सजाएँ (दोस्रो संशोधन) विधेयक २०८०’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।