विश्वकप लिग-२ : आज नामिबिया र नेदरल्याण्डस भिड्दै



काठमाडौं  ।

आइसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज नामिबिया र नेदरल्याण्डस भिड्दै छन्। कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यो खेल बिहान साढे ९ बजेदेखि सुरु हुने छ।

लिग-२ मा अहिले सम्म नामिबियाले ३ खेलमा २ खेल जितेको छ भने नेदरल्याण्डसले २ खेलमा एक खेल जितेको छ। नामिबियाले नेपालविरुद्धको दुवै खेल जितेको छ भने नेदरल्याण्डससँगको खेलमा हार बेहोरेको थियो।

त्यस्तै नेदरल्याण्डसले नामिबियालाई जिते पनि नेपालसँग हार बेहोरेको थियो। नेदरल्याण्डस र नामिबियाबीच अहिलेसम्म केवल २ एक दिवसीय खेल भएका छन्। जसमा दुवै खेल नेदरल्याण्डसले जितेको छ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्याण्डस, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन्।

आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

यो खेलपछि सिरिजको अन्तिम खेलमा आइतबार नेपालले नेदरल्यान्ड्सको सामना गर्ने तालिका रहेको छ।

प्रतिक्रिया दिनुहोस्