डिभाईनको नवौं वार्षिकोत्सवमा खेलाडी र प्रशिक्षक सम्मानित



काठमाडौं ।

डिभाईन फिजिकल फिटनेस सेन्टरले बुधबार आफ्नो नवौं वार्षिकोत्सवको अवसरमा खेलाडी तथा प्रशिक्षकहरुलाई सम्मान गरेको छ ।

काठमाडौको कालीमाटीमा रहेको डिभाईन फिजिकल फिटनेस सेन्टरले नवौं वार्षिकोत्सवको अवसरमा आफ्नो क्लबबाट राष्ट्रिय तथा अन्तराष्ट्रीय प्रतियोगिताहरुमा पदक जित्ने बडी बिल्डिंग खेलाडीहरू तथा प्रशिक्षकलाई सम्मान गरेको हो ।

उक्त अवसरमा नेपाली अन्तराष्ट्रीय बडी बिल्डिंग महिला खेलाडी रजनी श्रेष्ठलाई नगदसहित सम्मानपत्र प्रदान गरियो । उहाँले गत भदौमा काठमाडौंमा सम्पन्न ५५औं एसियन बडी बिल्डिंग एण्ड फिजिक्स च्याम्पियनशिपको महिला स्पर्धामा नेपाललाई स्वर्ण पदक दिलाउन सफल भएकी थिईन् ।

त्यसैगरी ५५औं एसियन बडी बिल्डिंग एण्ड फिजिक्सको च्याम्पियनशिपमा नेपाललाई कांस्य पदक दिलाएका निहाल मान श्रेष्ठलाई पनि नगदसहित सम्मानपत्र प्रदान गरिएको छ ।
त्यसैगरी दशौं वर्ल्ड स्ट्रेन्थलिफ्टिंग एण्ड बेन्च प्रेस च्याम्पियनशिप २०२३ मा वर्ल्ड स्ट्रोंगेस्ट वोमेन टाईटल विजेता दीपा विष्ट र सोही प्रतियोगिताको मास्टर्समा स्वर्ण जितेका अमृत रोकाया क्षेत्रीलाई पनि नगदसहित सम्मान गरिएको छ । त्यस्तै प्रशिक्षकहरु रुजेश शाही र समिर श्रेष्ठलाई पनि नगद तथा कदरपत्र प्रदान गरियो ।

रक्तदान पनि गरिएका उक्त कार्यक्रमलाई डिभाईन फिजिकल फिटनेस सेन्टरका सञ्चालक तथा नेपाल शारीरिक सुगठन तथा फिटनेस फेडरेशनका सचिव एवं एसियन वडी विल्डीङ्ग तथा फिजिक्स स्पोर्टस् फेडेरेशनको टेक्निकल कमिटीका अध्यक्ष दिनेश राजभण्डारीले सुभारम्भ गर्नु भएको थियो । नेपाल ब्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधान, बागमती प्रदेशका उपाध्यक्ष जीवन मानन्धर, नेपाल बडी बिल्डिंग फेडेरेसनका उपाध्यक्ष राजन श्रेष्ठ, अन्तर्राष्ट्रीय निर्णायक प्रताप बरिया, अनिल लाल श्रेष्ठ, नानीकाजी डंगोल, काठमाडौं जिल्ला बडी बिल्डिंग संघका अध्यक्ष सुरेश सुवेदीलगायतले सम्मानित खेलाडीहरुलाई सम्मान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्