पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध



काठमाडौं ।

धादिङको मझिमटारमा सुख्खा पहिरो जाँदा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। सोमबार बिहानदेखि सो क्षेत्रमा लगातार सुख्खा पहिरो खस्दा दुई तर्फी बाटो बन्द भएको हो।

अहिले पहिरो हटाएर बाटो खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी गराएको छ। पहिरो खसेपछि गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन्।

प्रतिक्रिया दिनुहोस्