राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंग्यायो उम्मेदवार

0
Shares

काठमाडौं ।

नेपाली कांग्रेसले राष्ट्रिय सभा सदस्यका लागि पार्टीका पूर्वमहामन्त्री कृष्ण सिटौलासहित १० जना उम्मेदवारको नाम टुंग्याएको छ। गएराति सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले राष्ट्रिय सभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाएको हो।

कांग्रेसले कोशी प्रदेशबाट कृष्णप्रसाद सिटौला, आनन्द प्रसाद ढुंगाना (मधेश), बिष्णुदेवी पुडासैनी र जीतजंग बस्नेत (बगमती), कृष्ण रोकाया (कर्णाली), नारायण दत्त भटट र बलदेव बोहरा (सुदुरपश्चिम), पदमबहादुर परियार र किरणबाबु श्रेष्ठ (गण्डकी), बिष्णुदेवी सापकोटा (लुम्बिनी) लाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेस मुख्यसचिव कुष्णप्रसाद पौडेलले जानकारी दिए।

कांग्रेसले सत्तारुढ गठबन्धनको ऐक्यबद्ध ढङ्गले अघि बढ्ने सहमतिबमोजिमका उम्मेदवारलाई विजयी गराउन सबैमा आह्वान गरेको छ।

यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनका लागि आज सोमबार उम्मेदवारको मनोनयन दर्ता गरिने भएको छ। पुस २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ। उम्मेदवारलाई निर्वाचन चिह्न पुस २८ प्रदान गरिने छ।