रियल म्याड्रिड कोपा डेल रेको राउन्ड १६ मा



काठमाडौं ।

रियल म्याड्रिड स्पेनिस कोपा डेल रे को राउन्ड १६ मा पुगेको छ। गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले अरान्डिनालाई ३-१ गोल अन्तरले पराजित गर्दै यस सिजनको कोपाक डेल रे को राउन्ड १६ मा पुगेको हो।

रियल म्याड्रिडको जितमा जेसेलु, ब्राहिम डियाज र रोड्रीगोले एक एक गोल गरेका थिए। त्यस्तै अरान्डिनाका लागि एक गोल रियल म्याड्रिडका नाचोले आत्मघाती गोल गरेका थिए।

योसँगै अहिलेसम्म यस सिजनको कोपा डेल रे को राउन्ड १६ मा रियल म्याड्रिडसँगै आल्भेज, एटलेटिको म्याड्रिड, गेटाफे, गिरोना र रायो भेल्लेकानो पुगिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्