राष्ट्रिय सभामा भागबण्डा मिलाउन गठबन्धन बैठक जारी



काठमाडौं ।

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। राष्ट्रिय सभामा भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक बसेको हो।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत नेताहरू सहभागी छन्।

शनिबार बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादीले २ र जसपाले १ सिट पाउने गरी सहमतिको प्रस्ताव गरिएको थियो।

यसमा एकीकृत समाजवादीले असहमति जनाएको छ। समाजवादीले तीन सिटमा दाबी गरेको छ। राष्ट्रिय सभाको मतदान ११ माघमा हुँदैछ। त्यसका लागि सोमबार मनोनयन दर्ता हुँदैछ। आज मतदाताको अन्तिम नामावली प्रकाशन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्