नागार्जुन टिम च्याम्पियन

0
Shares

काठमाडौं ।

नागार्जुन नगरपालिकाले पालिकास्तरीय प्रथम वडाअध्यक्ष कप उपत्यकाव्यापी जुनियर तथा क्याडेट जुडो प्रतियोगिताको उपाधि शनिबार जितेको छ।

महालक्ष्मी नगरपालिका वडा ७ को आयोजनामा भएको प्रतियोगितामा नागार्जुनले ८ स्वर्ण, २ रजत र ३ कांस्य जित्दै समग्रमा टिम च्याम्पियन बन्यो।

४ स्वर्ण, १ रजत र १ कांस्यका साथ काठमाडौं महानगरपालिका दोश्रो भयो। तेश्रो स्थानको महालक्ष्मी नगरपालिकाले २ स्वर्ण, १ रजत र २ कांस्य हात पार्‍यो।

१८ स्वर्णका लागि प्रतिस्पर्धामा भएकोमा ललितपुर महानगरपालिका, शंखरापुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र कीर्तिपुर नगरपालिकाले समान १–१ स्वर्ण जिते।

प्रतियोगिताको पुरुषमा महालक्ष्मीका सविनकुमार दियाली तथा महिलामा नागार्जुनकी सुस्मिता नेपाली उत्कृष्ट खेलाडी घोषित भए।

विजेतालाई महालक्ष्मी नगरपालिकाका मेयर हरिगोविन्द श्रेष्ठ, उप मेयर लक्ष्मी महर्जन, नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष बज्राचार्य, आयोजक वडा ७ का अध्यक्ष बाबुराजा महर्जनलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

चाङगाथलीस्थित हाम्रो पाठशालामा भएको एकदिने प्रतियोगितामा उपत्यका १० पालिकाबाट १ सय ३० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।