कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै



काठमाडौं ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ। बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने छ।

शनिबार बस्ने भनिएको बैठक सत्तारुढ गठबन्धनको बैठक लम्बिएपछि आजका लागि सारिएको हो। गठबन्धनको बैठकमा राष्ट्रिय सभा निर्वाचनका लागि भएको भागबन्डाको छलफल तथा भोली हुने उम्मेदवारी दर्ता अघि सो बैठक बोलाइएको हो।

आजको बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार चयन गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्