श्रोत नखुलेको नेपाली रुपैयाँसहित एक जना नियन्त्रणमा 


काठमाडौँ। 

 प्रहरीले  श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ नगरेको छ। पक्राउ पर्नेमा  सिरहा जिल्ला बरियारपट्टी गाउँपालिका २ श्रीपुर बस्ने ४२ वर्षीय महोमद फिरोज रहेका छन्।

उनलाई बरियारपट्टी गाउँपालिका ३ चमारटोलस्थित सीमा ईलाकाबाट शनिबार  उल्लेखित रुपैयाँसहित बिओपी बरियारपट्टीले नियन्त्रणमा लिएका हो ।

भारतबाट साईकलमा नेपालतर्फ आउँदै गरेका उनलाई गस्तीमा खटिएको सुरक्षा फौजले जाँच गर्दा उनको साथमा १ हजार दरको ४ सय ९६ वटा, ५ सय दरको ६ सय ३ वटा र १ सय दरको २५ वटा नेपाली नोट फेला पारेको थियो  । उनले सो रकम कहाँबाट कुन प्रयोजनको लागि लिएको भन्ने श्रोत खुलाउन नसेकपछि नियन्त्रणमा लिएको प्रहरीले  जनाएको छ।

नियन्त्रणमा लिइएका फिरोजलाई बरामद रुपैयाँ तथा साइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाइएको सशस्त्र प्रहरी नायव उपरीक्षक सहायक प्रवक्ता  शैलेन्द्र थापाले जानकारी दिए।