धनगढीका शेख मुनिर पक्राउ



धनगढी ।

धनगढीमा गाडी कब्जा गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अपराधिक पृष्ठभूमि भएका शेख मुनिर अहमद पक्राउ रहेका छन् ।

मुनिरलाई टीकापुरका भरत शाहीको गाडी कब्जा गरेको उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मुनिरलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धीको मुद्दामा छलफल गर्न पुगेकाबेला पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्