ट्रकको ठक्करबाट २ को मृत्यु


बुटवल  । 

रूपन्देहीको तिलोत्तमा ड्राइभरटोलमा भएको सवारी दुर्घटनामा परी २ जनाको ज्यान गएको छ । सहकारी अभियान्ता माधव देवकोटाले चलाएको मोटरसाइकललाई ट्रकले ठक्कर दिएको हो ।

बुटवलबाट भैरहवातर्फ मोटरसाइकलमा जाँदै गरेका देवकोटालाई पछाडिबाट ना६ख ८१६१ ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । लु४९प २२३० नम्बरको मोटरसाइकलमा जाँदै गरेका देवकोटासँगै सवार तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी यादा क्षेत्रीको पनि निधन भएको प्रहरीले जनाएको छ ।

देवकोटा तिलोत्तमा उद्योग वाणिज्य संघले मणिग्राममा आयोजना गरेको व्यापार मेलातर्फ जाँदै थिए । मृतक दुवैको शव मणिग्रामस्थित क्रिमसन अस्पतालबाट पोस्टमार्टमका लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लगिएको छ । देवकोटा कांग्रेस तिलोत्तमा नगरका नेता, तिलोत्तमा सहकारीका अध्यक्षसमेत हुनुहुन्छ । क्षेत्री दुर्गा मन्दिर तिलोत्तमा–२ जानकीनगरकी अध्यक्षसमेत रहनुभएको थियो ।