त्रिविको उपकुलपतिमा भुसाल

0
Shares

काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको  उपकुलपतिमा शिक्षाध्यक्ष प्रा.शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।

त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बास्कोटाको चारवर्षे कार्यकाल यही कात्तिक १७ गते सकिएकाले प्रधानमन्त्री एवं त्रिविका कुलपति दाहालले भुसाललाई बढीमा तीन महिनाका लागि सो पदमा आज नियुक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।