विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बस्दै


काठमाडौं ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १३औँ बैठक आज (आइतबार) बस्दै छ ।

बैठक बिहान ९ः३० बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बताइएको छ ।

बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुनेछ ।

बैठकमा जाजरकोट भूकम्पपछि राहत, उद्धार र अवस्थाका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, प्रभावितको पहिचान, पुनःस्थापनाका साथै खोज, उद्धार र राहतका सम्बन्धमा स्रोत व्यवस्थापन लगायतका विषयमा छलफल हुने बताइएको छ ।