जाजरकोट भूकम्प अपडेट : रूकुम र जाजरकोटमा मात्रै ७८ जनाको मृत्यु, सयौं घाइते

14
Shares

काठमाडौं ।

पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भूकम्पले अहिलेसम्म ७८ जनाको ज्यान गएको छ भने सयौं जना घाइते भएका छन् ।

रूकुम ३० जना र जाजरकोटमा ४८ जना गरी ७८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकले जानकारी दिएका छन् ।
उनका अनुसार घरहरू धेरै भत्किएका छन्।

घाइतेहरूबारे पूर्ण जानकारी आइनसको र संकलनको कम भैरहेको बताइ एको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका घाइतेहरुको तत्काला उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालित हुन निर्देशन दिएका छन् । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत वितरणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गर्न निर्देशन दिएका हुन् ।  उक्त प्रधानमन्त्रीकाे निर्देशनपछि सुरक्षा निकायकाे टाेली भूकम्प स्थल  जाँदै छ ।

सरकारले जाजरकोट र रुकुमका भुकम्पप्रभावितहरुको उद्दार र राहतका लागि स्वास्थ्यकर्मी सहित हेलिकप्टर पठाउने तयारी गरेको छ ।