जाजरकोट भुकम्प अपडेट: रूकुम र जाजरकोटमा कम्तिमा ५० जनाको मृत्यु

42
Shares

काठमाडौं ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भुकम्पमा परी हालसम्म कम्तिमा ५० जनाको मृत्यु भएको छ ।

रूकुम पश्चिम प्रहरी कार्यालयका अनुसार रुकुममा मात्र हालसम्म २८ जनाको मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ ।

रूकुम र जाजरकोटमा मात्रै करिब ५० को मृत्यु नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित जाजरकोटमा मात्र हालसम्म २० जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी सन्तोष रोकाका अनुसार अहिलेसम्म २० जनाको ज्यान गएकोको खबर प्राप्तको बाँकी विवरणहरु आइरहेको छ ।