जाजरकोट भूकम्पमा उद्दार र राहतमा तीनवटै सुरक्षा निकाय परिचालन गर्न प्रधानमन्त्रीकाे निर्देशन

0
Shares

काठमाडाैं  । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भूकम्पका घाइतेहरुको तत्काला उद्धार तथा राहतका लागि सुरक्षा निकाय परिचालित हुन निर्देशन दिएका छन् । उनले भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार तथा राहत वितरणका लागि तीन वटै सुरक्षा निकाय परिचालन गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले एक्समा लेखेका छन्, जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा गएको भूकम्पबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले गहिरो दुःख व्यक्त गर्दै घाइतेहरुको तत्काल उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायलाई परिचालित गर्नुभएको छ।

जाजरकोटको रामीलाँडा केन्द्रविन्दु भएर शुक्रबार राती ११ः४७ मा ६।४ रेक्टर स्केलको भूकम्प महसुस गरिएको थियो । उक्त भूकम्पबाट अहिलेसम्म कम्तिमा २५ जनाको ज्यान गएको छ । पश्चिम रुकुमबाट १४ जना र जाजरकोटमा ११ जनाले ज्यान गुमाएका छन् ।