रुकुमपश्चिममा भूकम्पमा परी १२ जनाको मृत्यु


काठमाडौं ।

शुक्रबार राति गएको भूकम्पबाट रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा १२ जनाको मृत्यु भएको छ ।

आठबिसकोटको वडा नं.११ र १२ मा गरि १२ जनाको  मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । शुक्रबार राति ११ः४७ बजे पश्चिम नेपालको कर्णाली प्रदेशस्थित जाजरकोटलाई केन्द्रविन्दु बनाएर ६.४ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।