भूकम्पले जाजरकोटका केही घरहरूमा क्षति, एक जना घाईते


 

काठमाडौं । जाजरकोट भेरी नगरपालिका ११ मटेला आएको भुकम्पमा परेर एक महिला घाईते भएकी छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ११ बजेर ४७ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी (सीडीओ ) सुरेश सुनारका अनुसार जिल्ला सदरमुकाम आसपासका केही घरहरु भत्किएका कारण केही मानिस घाइते भएको र उनीहरुलाई अस्पताल पुर्याउने क्रम जारी छ ।

जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि भएको छ । भूकम्पको धक्का काठमाडौँका साथै देशैभरजसो महसुश भएको थियो ।भूकम्पबाट जाजरकोट, पश्चिम रुकुमसहितका जिल्लाहरुमा घरहरुमा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ ।