जाजरकोट केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प


काठमाडौं ।

पश्चिम नेपालमा केन्द्रबिन्दु भएर भूकम्प गएको छ । अहिले राति ११ बजेर ५० मिनेट जाँदा भूकम्प गएको हो । काठमाडौंमा समेत भूकम्पको धक्का महसुस भएको थियो । भारतीय सञ्चारमाध्यमहरुका अनुसार ६ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पश्चिम नेपालको जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

भूकम्पविद् लोकविजय अधिकारीका अनुसार जाजरकोटमा केन्द्रबिन्दु बनाएर ६.४ म्याग्निच्युडको भूकम्प गएको छ ।