आइसीसी टि २० विश्वकप छनोट : सोमपालले दिलाए नेपाललाई दोस्रो सफलता

0
Shares

काठमाडौं ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनल खेलमा नेपाललाई दोस्रो सफलता मिलेको छ। यूएईका खालिद साह ३ रन बनाएर आउट भएका छन् भने अर्का ब्याटर मोहम्मद वसिम पनि आउट भएका छन्।

त्यही ओभरको चौथो बलमा सोमपालले अर्का ओपनर तथा कप्तान मुहम्मद वसिमलाई करण केसीको हातबाट क्याच आउट गराए। वसिम २६ रनमा आउट भए। चार ओभरको समाप्तीमा युएईले २ विकेटको क्षतिमा ३० रन बनाएर खेलिरहेको छ। अहिले क्रिजमा वृत्या अरविन्द १ र आशिफ खान शुन्य रनमा नटआउट छन्।