काभ्रेको पाचँखालमा एक घर आगलागी (भिडियाेसहित)


काभ्रे । 

काभ्रेको पाचँखाल नगरपालिका वडा ४ को समाजकल्याण चोकस्थित बस्ने उदब प्रसाद तिमलसिनाको घरको सटरमा आगलागी भएको छ ।

अचानक विद्युत सर्ट भई आगोलागी हुँदा सोहि घरमा रहेको ९ सटर मध्ये ४ वटा कपडा पसल पुर्ण रुपमा जली नष्ठ भएको ३ वटा होटल १ मोबाईल पसल,र १ मासु पसल सटरमा अंशिक क्षेति भएको र मानविय क्षेति नभएको प्रहरीले जानकारी दिएको छ ।

उक्त आगो नेपाल प्रहरी, स्थानिय र दमकलको सहयोगमा ०६:५५मा  नियन्त्रणमा आएपछि क्षतिको बिवरण संकलन गर्ने प्रहरी जानकारी दिएकाे छ ।