दक्षिण कोरियाका कृषिमन्त्रीले भेटे राष्ट्रपति पौडेललाई


काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका कृषि, खाना तथा ग्रामीण मामिला मन्त्री चुङ हाङ केउनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेल र राजदूत केउनबीच भेटवार्ता भएको हो । सो क्रममा राष्ट्रपति पौडेलले कोरियाबाट नेपालको विकासका लागि भएको सहयोगप्रति धन्यवाद दिए ।

नेपालको सामाजिक तथा आर्थिक विकासमा कोरिया एक महत्त्वपूर्ण र विश्वासिलो साझेदारको रूपमा रहेको भन्दै उनले कोइकामार्फत नेपालले विभिन्न क्षेत्रमा प्राप्त गरेका प्राविधिक सहयोग र जनशक्ति विकासका लागि धन्यवाद ज्ञापन गरेका हुन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।