एमालेले संसदीय दलको बैठक जारी


काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक बसेको छ ।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा जारी एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र समसामयिक विषयमा छलफल भइरहेको छ ।

बिहीबार मध्यरातिबाट चालु सदनको अधिवेशन अन्त्य हुनै लाग्दा बसेको बैठकमा एमालेविरुद्ध भइरहेका गतिविधिका विषयमाम पनि छलफल भइरहेको छ ।