काठमाडौं ।
आइसिसी टि २० विश्वकप एसिया क्षेत्र फाइनल छनोटको सेमिफाइनलमा मुलपानी मैदानमा क्यानले मात्रै ३५ सय टिकट बिक्री गर्ने भएको छ ।
नेपालले शुक्रबार सेमिफाइनल खेलमा मुलपानी मैदानमा युएईसँग खेल्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ । क्यानले बिहिबार एक प्रेस विज्ञप्ति जारी गर्दै मात्रै ३५ सय टिकट मात्र बिक्री गर्ने जनाएको हो । नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार एक सूचना प्रकाशित गर्दै भोलि शुक्रबार मुलपानीस्थित माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको सेमिफाइनल खेल सकेसम्म घरमै बसेर हेर्न दर्शकलाई अनुरोध गरेको छ ।
क्यानले मुलपानी क्रिकेट मैदानको दर्शक क्षमता अनुसार भोलिको खेलका लागि मात्र ३ हजार ५ सय टिकट उपलब्ध गराउने जनाएको छ । त्यस्तै भोलिको खेलको टिकट अनलाइन मार्फत आईएमई पेबाट मात्र किन्न सकिने र मैदानमा टिकट बुथ उपलब्ध नहुने समेत जानकारी गराएको छ ।
उक्त खेलमा क्यानले सबै किसिमका पासलाई पनि रोक लगाउने भएको छ । भिभिआईपी, भिआइपी लगायत सबै पास रोकिएको क्यानले जनाएको छ । क्यानले दर्शकको भिड बढी हुने हुँदा दर्शकको सिट क्षमता मात्रै ब्रिकी गर्ने भएको छ ।
भिड बढी हुने हुँदा मुलपानीमा सुरक्षामा चुनौती हुनसक्ने अनुमान गरेको छ । त्यसैगरी सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँ बढेको छ । यसअघि समूह चरणमा टिकट मूल्य २ सय रुपैयाँ रहँदै आएको थियो । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ ।











प्रतिक्रिया