तिहार फ्लोरा एक्सपोमा फुल विरुवा नर्सरीका पारखीहरुको भीड

0
Shares

काठमाडाैं ।

फुल बिरुवा पारखीहरुका लागि काठमाडौको भृकुटीमण्डपमा मंगलबारबाट तिहार फ्लोरा एक्सपो चलिरहेको छ । जहां एकै ठाउँमा छानीछानी बिभिन्न जातका फलफुल सहित बिरुवा पाइने भएकोले अवलोकनकर्ताहरुको भीड लागेको छ ।

काठमाडौं शहरमा सौखका रुपमा घरमै र थोरै जग्गामा पनि नर्सरी फुल तथा बिरुवाहरुको व्यवसाय गर्न चाहनेहरुको लागि एक्सपोले ठुलो फाइदा पुगेको नर्सरी व्यवसायीसंघका अध्यक्ष रामजीप्रसाद तिमिल्सेना बताउनु हुन्छ ।

फुलैफुलको चाड तिहार नजिकिदै गर्दा एक्सपोले आम सर्वसाधरणका लागि पनि सहयोग पुगेको अध्यक्ष तिमिल्सेनाको भनाई छ ।

एक्सपो अवलोकन गरेर आफ्नो रोजाइका फुल बिरुवा लैजाने अवसर एकै ठाउमा रहेको र बिशेष गरी फलफुल विरुवाको बारेमा चासो राख्नेहरुको लागि परामर्शसेवा पनि रहेकोले अवलोकनकर्ताहरु बढीरहेका आयोजक नर्सरी व्यवसायीसंघको भनाई छ ।

नर्सरी व्यवसायीहरुकै हक हित र संरक्षणका लागि गरीएको एक्स्पोले आमसर्वसाधरण देखि व्यवसायीहरुलाई फाइदा पुग्ने आयोजक नर्सरी व्यवसायीसंघको भनाई छ कार्तिक १८ गतेसम्म चल्ने एक्सपोमा ५० लाख बढी कारोबार हुन अपेक्षा रहेको आयोजकको भनाई छ ।