काठमाडौंमा नगद र सुनका गहना चोरी गर्ने तीन जना पक्राउ



काठमाडौं ।

काठमाडौंको सिनामङ्गलबाट  सुनका गरगहना तथा नगद चोरी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा सागाँचोकगढी–१० घर भई हाल भक्तपुर कौशलटार बस्ने ३० वर्षीय मनोज थापा, गोरखा पृथ्वीनारायण–७ घर भई हाल काठमाडौं, कलङ्की बस्ने ३२ वर्षीय अर्जुन थापा र झापा मेचिनगर–५ घर भई हाल काठमाडौं, गौशाला बस्ने ३० वर्षीय शेखर भट्टराई रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

उनका अनुसार बा२ज २१८० नम्बरको ट्याक्सीमा आएका उनीहरुले अन्सारीको साथमा रहेको सुनका विभिन्न गरगहना तथा नगद जबर्जस्ती चोरी गरी लगेको भन्ने सूचनाका आधारामा अनुसन्धान गरी निजहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकामा मनोज र अर्जुन ट्याक्सी चालक रहेका र भट्टराई डीआरटी सब रेमिट्सका सञ्चालक रहेका अनुसन्धानको क्रममा खुलेको रेग्मीले बताए । उनका अनुसार उनीहरुबाट रू ९६ हजार ५०० नगदसमेत बरामद गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्