‘गठबन्धन केही नेताको ‘प्राइभेट क्लब’ जस्तो’



काठमाडौं ।

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन सिमित केही नेताको प्राइभेट क्लव जस्तो भएको आरोप लगाएका छन्।

नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै थापाले गठबन्धन  ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरे।

‘गठबन्धन पनि विस्तारै ४/५ जना नेताहरूको प्राइभेट क्लब जस्तो बन्दै गएको छ। म कांग्रेसको महामन्त्री छु। बेला-बेला गठबन्धन दलको बैठक बस्यो भनेर सुन्छु। त्यो दलको बैठक होइन, गठबन्धन दलका नेताहरूको बैठक हो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्