भारतमा हुने विश्वकपको लागि टोलीको संभावना



काठमाडौं ।  यही अक्टोबरमा एकदिवसीय क्रिकेटको विश्वकप भारतमा शुरु हुँदैछ । यसमा इंग्ल्यान्ड उपाधि रक्षा गर्न लाग्नेछ भने आयोजक टोली भारत आफ्नै देशमा उपाधि जित्न कोशिस गर्नेछ । यस्तै न्युजिल्यान्ड गत विश्वकपमा फाइनलमा पाएको तीतो क्षणलाई मीठो बनाउनेतिर लाग्नेछ । अस्टे«लिया आफ्नो पुरानो साख जोगाउन जोडतोड लगाउनेछ भने दक्षिण अफ्रिका अभागी ट्याग हटाउन लाग्नेछ । अन्य टोलीहरु भने विश्वकपमा आफ्नो उपस्थित बनाउनमै व्यस्त हुनेछन् ।

अफगानिस्तानको लागि भने यो विश्वकप राशिद खानमै बढी भर पर्न सक्नेछ । इन्डियन प्रिमियर लिगमा राशिद खानले गरेको प्रदर्शन निकै राम्रो छ । उनले २०१७ देखि लिगमा खेल्न थालेका हुन् र उनले १ सय ३९ विकेट लिइसकेका छन् । लिगमा उनले भन्दा बढी विकेट कसैले लिन सकेका छैनन् ।

अस्टे«लिया ५ पटक विश्वकप उपाधि जितिसकेको टोली हो । एलेन बोर्डर, स्टिभ वाग, रिकी पोन्टिङ, माइकल क्लार्कको कप्तानीमा अस्टे«लिया विश्व च्याम्पियन बनेको हो । हाल भने अस्टे«लियाको प्रदर्शन खासै राम्रो भएको छैन । अस्टे«लियाका मुख्य खेलाडी ग्लेन मेक्सवेललाई लिन सकिन्छ । उनको ४१ देखि ५० ओभरसम्म १ सय ८० औसत बनेको छ । तर, डेभिड वार्नरको ब्याट चम्केमा भने विपक्षी टोलीका लागि चुनौतीपूर्ण खेलाडी नै बन्नेछन् । उनी गत विश्वकपमा ६ सय भन्दा बढी रन बनाउने खेलाडीमध्ये एक थिए ।

बंगलादेशको हाल घरेलु मैदानमा १६ जित हासिल भएको छ । यसमा ९ खेलमा पराजित भएको छ । घरबाहिर भने बंगलादेशले ९ खेलमा जित हासिल गर्दा १२ खेलमा हार बेहोरेको छ । शकिब अल हसन टोलीका भरपर्दा खेलाडी हुन् । बंगाली कप्तानले गत विश्वकप २०१९ मा ६ सय भन्दा बढी रन बटुलेका थिए । सो विश्वकपमा यतिका रन बटुल्नेमा भारतका रोहित शर्मा र अस्टे«लियाका डेभिड वार्नर पनि थिए । हालै पनि वार्मअप खेलमा बंगलादेशले श्रीलंकालाई हराएर विश्वकपमा टोलीसँग सतर्क हुन सन्देश दिएको छ ।

डिफेन्डिङ च्याम्पियन इंल्यान्डको गत विश्वकपदेखि एकदिवसीय अन्तर्राष्ट्रियमा ८४ प्रतिशत भन्दा बढी सफलता प्राप्त भएको छ । जेसन रोय, जोनी बेयरस्टोको ओपनिङ जोडी त्यति जमिरहेको छैन । तर, अहिले भने उनीहरुले पहिलो १० ओभरमा प्रति ओभर ५.३० औसतमा रन बटुलेका छन् । उनीहरुले २०१४ देखि कम औसतमा रन बटुलेका छन् । इंग्ल्यान्डका प्रमुख खेलाडी बेन स्टोक्स नै हुन् । उनले सन् २०१५ देखि रन पछ्याउँदा ३४ एकदिवसीय अन्तर्राष्ट्रियमा १३ पटक नटआउट खेलेका छन् ।

भारतले गत विश्वकपपछि अहिलेसम्म ६६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेको छ । यो सर्वाधिक संख्या पनि हो । दोस्रो स्थानमा रहेको श्रीलंकाले ५६ खेल खेलेको छ । उनीहरुको ब्याटिङ शसक्त छ । भारतका लागि मुख्य खेलाडीको रुपमा विराट कोहलीलाई अघि सारिएको छ । भारतीय पूर्व क्रिकेटरहरुले विराटले उपाधि दिलाउन सक्ने भनेर पनि प्रचार प्रसार गरिरहेका छन् । विराटले एकदिवसीय अन्तर्राष्ट्रियमा ४७ शतक प्रहार गरिसकेका छन् । उनी सर्वाधिक शतक प्रहार गरेका सचिन तेन्दुलकरभन्दा ३ शतकले पछि छन् । शायद यो विश्वकपमा उनले सचिनलाई पछि पार्ने पनि अनुमान गरिरहेको छ ।

न्युजिल्यान्डको लागि गत विश्वकप निकै पीडादायक भएको थियो । न्युजिल्यान्ड इंग्ल्यान्डसँग बाउन्ड्री गणनामा माथ खाँदै उपाधिबाट विमुख हुनु परेको थियो । भारतमा न्युजिल्यान्डले २९ प्रतिशत मात्रै सफलता हासिल गर्न सकेको छ । भारतमा न्युजिल्यान्डको राम्रो प्रदर्शन नभएकोले यस पटक उपाधि जित्न नसकिने भनेर भविष्यवाणी पहिल्यै गरिसकेको छ । न्युजिल्यान्डले हालै वार्म अप खेलमा दक्षिण अफ्रिकालाई हराएको छ ।

पाकिस्तानको पनि भारतमा राम्रो प्रदर्शन भएको छैन । यति मात्र होइन पाकिस्तान विश्वकपमा भारतसँग पराजित हुँदै पनि आइरहेको छ । १९९६ विश्वकपमा पनि भारतले नै पाकिस्तानलाई पराजित गरेको थियो । त्यतिबेला सइद अनवर र आमिर सोहेलले ओपनिङ साझेदारीमा उत्कृष्ट ब्याटिङ गरेका थिए । तर, पछि लगातार विकेट पतन भएपछि पाकिस्तान पराजित भयो । यसपटक पनि बाबर आजम र मोहम्मद रिजवानमै बढी भर पर्नु पर्ने हुन्छ । यस्तै बलिङमा शाहिन शाह अफ्रिदी र हारिस राउफ मुख्य बलरको रुपमा अघि सारिएको छ ।

दक्षिण अफ्रिकाको नाम आउँदा टोली निकै अभागि रहेको छ । १९९२ को विश्वकपमा गणना गर्न नजानिदा जितिसकेको खेल नै हार्न पुगेको थियो । यसपछि भने टोली विश्वकपमा लगातार असफल हुँदै आएको छ । यसपटक हेनरिच क्लासेनलाई प्रमुख ब्याटरको रुपमा हेरिएको छ । विकेटकीपर समेत रहेका क्लासेन विस्फोटक ब्याटरको रुपमा परिचित छन् । २०२३ मा उनको एकदिवसीय अन्तर्राष्ट्रियमा स्ट्राइक रेट १ सय ५१ को रहेको छ । उनले यसै सेप्टेम्बरमै अस्टे«लियाविरुद्ध ८३ बलमा १ सय ७४ रन बनाएका छन् । २५ ओभर वा यसपछि आउने ब्याटरमा यो एकदिवसीय अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्चतम रन पनि हो ।

३ सय रन पनि असुरक्षित

विश्वकप वार्मअप खेलमा पाकिस्तानले न्युजिल्यान्डविरुद्ध ३ सय ४५ रन बनायो तर, न्युजिल्यान्डले यो विशाल लक्ष्य ५ विकेटको नोक्सानीमा प्राप्त ग¥यो । यस्तै अस्टे«लियाले ३ सय ५१ रन बनाउँदा पाकिस्तानले ३ सय ३७ रन बनायो । यो खेलमा अस्टे«लियाले विशाल रनको लक्ष्य सुरक्षित गर्न पाकिस्तानी ब्याटरसँग संघर्ष गर्नुपरेको छ । यसले के देखाउँछ भने आउन लागेको विश्वकपमा कडा प्रतिस्पर्धा हुने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्