न्युरोडमा गएराति अज्ञात समूहद्वारा एक युवकको हत्या



काठमाडौं । काठमाडौं न्युरोडमा गएराति ११ बजे अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको छ ।
इन्द्रजात्रा हेर्न न्युरोड पुगेका एक युवकमाथि धारिलो हतियार प्रहार भएको हो ।

हतियार प्रहारबाट घाइते भएका उनको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएका १७ वर्षीय सनी कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।

घाइते कार्कीलाई ट्रमा सेन्टरबाट रिफर गरेर ११ः५८ मा मनमोहन अस्पताल लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमेध ढुंगेलले जानकारी दिए ।

यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्