सूर्यज्योती लाईफ इन्सुरेन्सको तालिम तथा सम्मान कार्यक्रम सम्पन्न



स्याङ्जा । सूर्यज्योती लाईफ ईन्सुरेन्स शाखा कार्यालय पुतलीबजारको तालिम तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । अभिकर्ताहरुको लागी तालिम तथा सम्मान कार्यक्रममा अभिकर्ता बार्षिक पारिश्रमीक योजना २०८०÷८१ को बारेमा जानकारी गराईएको थियो । निजी कम्पनीहरुमा देशकै तेश्रो ठूलो कम्पनी सूर्यज्योती लाइफ ईन्सुरेन्स हो । सबैको मन जित्न सफल सूर्यज्योती लाइफ ईन्सुरेन्सका अभिकर्ताहरुको निरनतर मिहिनेतले कम्पनीलाइ थप उर्जा मिलेको पनि बताइएको छ । सो कम्पनीमा विमा गरी स्वास्थ्यको जोखिम कम गर्न आम सर्वसाधरणलाइ अपिल पनि गरिएको छ ।

सूर्यज्योति लाईफ ईन्सुरेन्स कम्पनी गण्डकी प्रदेशका प्रमुख मिनबहादुर जि.सी.ले ईन्सुरेन्स (बीमा) अथाहा सम्भाबनाको क्षेत्र रहेको बताएका छन् । उनले जीवनबीमा समाज सेवाका अलावा आर्थिक विकासको क्षेत्र पनि रहेको बताए । कम्पनीको पुतलीबजार शाखाले आयोजना गरेको बीमा सचेतना तथा सम्मान कार्यक्रममा बोल्दै प्रमुख जि.सी.ले बीमाको बजार प्रशस्त र खुल्ला रहेको समेत बताए । बीमा गराउने समयमा बीमितले आर्थिक समस्या रहेको बताउँने गरेपनि बीमाबाट राम्रो प्रतिफल आउने र अस्तव्यस्त दिनचर्याको सुरक्षा प्रदान गर्न बीमा अनिवार्य भएको उनको भनाई थियो । नेपालमा करिब ४० प्रतिशत नागरिकले जीबनबीमा गरेको स्पष्ट पार्दै जि.सी.ले ६० प्रतिशत बजार खुल्ला रहेको बताए । उनले बीमा गराउने एजेन्सीहरुले आफ्नो प्रतिभालाई ठिक समयमा सहि सदुपयोग गर्न सके आर्थिक क्षेत्रमा थप सफलता प्राप्त हुने दाबी गरे । सहभागीहरुले भने अवसरसँगै पेशागत चुनौती थपिदै गएको कुरामा जोड दिएका थिए ।

कार्यक्रममा वर्ष २०२३ मा एम.डि.आर.टी. बन्न सफल पत्रकार प्रकाश डोटेल, कम्पनीका पोखरास्थित सभागृह शाखाका सिनियर एजेन्सी म्यानेजर सरला आचार्यले बीमा क्षेत्रमा लागेर प्राप्त हुने सफलता र जीवनमा आउने चुनौतीलाई सहजै पन्छाउन सकिने विचार व्यक्त गरे । त्यस अवसरमा सूर्यज्योति लाईफ ईन्स्योरेन्स कम्पनी पुतलीबजार शाखामा क्रियाशिल एजेन्सी म्यानेजर तथा सहकारीकर्मी शालिकराम काफ्ले, व्यवसायी पूर्णिमा श्रेष्ठ र राजेश कुँवर लगायतका वक्ताहरुले बीमाको महत्वका बारेमा बोलेका थिए । बीमा सचेतना तथा सम्मान कार्यक्रममा आर्थिक वर्ष २०७९÷०८० मा व्यक्तिगत रुपमा प्रथम बीमाशुल्क संकलनमा उत्कृष्ट कारोबार गरेकोमा प्रकाश डोटेल र समूहगत रुपमा बीमाशुल्क संकलन गर्ने रामप्रसाद लामिछानेलाई सम्मान तथा एजेन्सी म्यानेजरहरुलाई समेत सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्