बारामा गोली हानी भारतीय युवकको हत्या



बारा । बारामा गएरति गोली हानी एक भारतीय युवकको हत्या गरिएको छ ।

मोतिहारी जिल्ला दर्पाथाना सुक्लहियाका २२ वर्षीय अजितकुमार सिंहलाइ बारामा गोली प्रहार गरी हत्या गरिएको हो । उनको हत्या पचरौता नगरपालिका ६ लक्ष्मिनियामा भएको हो ।

मंगलवार बेलुकी सवा ६ बजे उनको हत्या भएको बाराका प्रहरी प्रवक्ता डिएसपी ददिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार मृतक सिंह साथीहरुसँग मोटरसाइकल चढेर नेपाल आएको बेला उनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धान अनुसार उनका साथीले उनी माथी गोली चलाएकाे देखिएकाे छ ।

यद्यपि मृतकको शव नारायणी अस्पताल वीरगञ्ज ल्याईएको छ भने सो घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्