बक्सिङमा रबिन थापा विजयी  



हाङझाओ ।

चीनमा जारी १९औं एसियाली खेलकुदमा नेपाली मुक्केबाज रबिन थापा विजयी भएका छन् ।

सोमबार चीनमा जारी १९ औं एसियाली खेलकुदको तेस्रो दिन हाङजाओस्थित एचजेड जिम्नेजियममा भएको पुरुष ५१ केजी तौल समूहको भिडन्तमा नेपालका रबिन थापाले इन्डोनेसियाका मुक्केबाज डियो कोइबानुलाई ४-१ अंकले पराजित गरेका हुन् । यो जितपछि रविनले अन्तिम १६ मा स्थान पक्का गरेका छन् ।

सोमबार नै हुने अन्य खेलमा विनिता थापा मगरले महिला ६०-६६ केजी तौल समूहको अन्तिम १६ मा चाइनिज ताइपेइकी चिन चेनको सामना गर्नेछिन् । यसैगरी पुरुष ६५.५-७१ तौलसमूहको अन्तिम ३२ मा दिपेश लामाले भारतका निशान्त देवसँग प्रतिस्पर्धा गर्नेछन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस्