बझाङमा खुकुरी प्रहार गरी एकजनाकाे हत्या


बझाङ ।

बझाङमा एक जनाको खुकुरी प्रहार गरी हत्या भएको छ । छबिसपाथिभेरा गाउँपालिका–७ घट्टेका करिब ६० वर्षीय जैलु मण्डेलको सोही ठाउँका करिब ५५ वर्षीय बिजुली मण्डेलले खुकुरी प्रहार गरी हत्या गरेकाे प्रहरीले जनाएकाे छ  ।

प्रहरीका अनुसार अनुसार बिजुली शुक्रबार साँझ साढे ७ बजे हत्या गरी फरार भएका छन् । ‘सामान्य विवाद हुँदा बिजुलीले जैलुको घरमै गएर खुकुरी प्रहार गरी हत्या गरेको जानकरी दिए। प्रहरीका अनुसार आरोपीको खोजी कार्य भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।