कृष्णहरि पुष्कर अर्थ सचिवमा नियुक्त

बेलायत भ्रमणमै रहेको बेला बाजी मारे 



काठमाडौं ।

सरकारले अर्थ सचिवमा डा. कृष्णहरि पुष्करलाई सरुवा गरेको छ । शुक्रवार बसेको मन्त्रिपरिषद् बैठकले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका  सचिव पुष्करलाई अर्थ मन्त्रालयको सचिवमा सरुवा गर्ने निर्णय गरेको हो । पुष्कर एक साता देखि बेलायत भ्रमणमा छन् ।

बेलायत भ्रमणमै रहेका बेला उनले अर्थ सचिवको बाजी मारेका हुन् । उनी यस अघि पनि अर्थ सचिव भएका थिए ।उनले  हाल दोस्रो पटक अर्थ सचिव हुने अवसर पाएका हुन् ।

अर्थ मन्त्रालयका सचिव अर्जुन पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ । अर्थ सचिवमा सरुवा भए पुष्कर हाल बेलायतमा रहेकाले उनलाई सरुवाको पत्र दिइएको छैन ।

आगामी ३ असोजमा उनी स्वदेश फर्किएपछि सरुवाको पत्र दिइने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्