प्रयागराज सिंह सुवाल स्मृति फुटसल आजबाट



काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं २३ को आयोजनामा मंगलबारदेखि लैनचौर फुटसल मैदानमा प्रयागराज सिंह सुवाल स्मृति अन्तर वडा फुटसल प्रतियोगिता हुँदैछ ।

सोमबार पत्रकार सम्मलेन मार्फत प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराइएको हो । असोज ३ गतेसम्म हुने सो प्रतियोगितामा काठमाडौँ महानगरपालिका केन्द्रसहित ३० वडाको सहभागिता रहनेछ । पहिलो खेल काठमाडौँ महानगरपालिका र २३ वडा बीच हुनेछ ।

आयोजक वडा नं २३ का अध्यक्ष मचाराजा महर्जनल नेपालमा फुटसलको व्यवसायिक प्रवद्र्धनमा योगदान गर्न र यसको माध्यमबाट खेलप्रति आम नागरिक र युवा वर्गलाई प्रेरित गराउन वडा स्तरबाटै यो फुटबल प्रतियोगितको आयोजना गर्न लागेको जानकारी दिनुभयो । उहाँका अनुसार यस प्रतियोगितामा करीब ३ सय २० जनाले प्रत्यक्ष प्रतिस्पर्धा गर्ने र पाँच सय जना परिचालन हुनेछन् ।

नकआउटको आधारमा हुने प्रतियोगितामा विजेता टिमलाई ट्रफीसहित २ लाख रुपियाँ प्रदान गरिनेछ । उपविजेता टिमले १ लाख रुपियाँ प्राप्त गर्नेछ । त्यसैगरी, विधागततर्फ उत्कृष्ट हुने सर्वश्रेष्ठ खेलाडी, सर्वाधिक गोलकर्ता र सर्वश्रेष्ठ गोलरक्षकलाई जनही दस हजार रुपियाँले पुरस्कृत गरिनेछ । आयोजकले काठमाडौँ महानगरपलिका प्रमुख बालेन्द्र शाहले प्रतियोगिताको उद्घघाटन गर्ने जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्