हार्डवेयर पसलमा आगलागी हुँदा २० लाखको धनमाल नष्ट



महोत्तरी । पिपरा गाउँपालिका-१ ढेकहा चोकस्थित सोही गाउँपालिका-४ पिपरा टोल बस्ने रेखा महासेठको हार्डवेयर पसलमा विद्युत सर्ट भई आइतबार राति आगलागी हुँदा विभिन्न किसिमको हार्डवेयरको सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्