निसर्गलाई टिम च्याम्पियनसिप उपाधी



काठमाडा्रैं । आयोजक निसर्ग स्कुल ९ औं निसर्ग अन्तरस्कुल पौडी च्याम्पियनसिपको उपाधी उचाल्न सफल भएको छ । निसर्गले २७२ अंक बटुल्दै च्याम्पियनसिपको उपाधी उचालेको हो । दोश्रो स्थानमा लिंकन स्कुल रह्यो । लिंकनले ८६ अंक जोड्यो । यस्तै तेश्रो स्थानमा रहेको जेम्स स्कुलले ६० अंक जोड्यो ।

विजयी टिम तथा खेलाडीहरुलाई नेपाल ओलम्पिक कमिटिका उपाध्यक्ष एवं नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्य, आयोजक स्कुलकी संस्थापक एवं प्रिन्सिपल मोनिका प्रधान लगायतले पुरस्कार वितरण गरेका थिए ।

आयोजकको आफ्नै पौडी पोखरीमा दुई दिन सम्म संचालन भएको च्याम्पियनसिपमा ६१ स्कुलका २८१ खेलाडीहरुले ४६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरको प्रतियोगिता निर्देशक सुदीप राजभण्डारीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्