क्रिकेटर सन्दीप लामिछाने एसिया कप खेल्न पाकिस्तान प्रस्तान



काठमाडौं । बलात्कारको मुद्दा खेपिरहेका क्रिकेटर सन्दीप लामिछाने पाकिस्तान प्रस्तान गरेका छन् । पाकिस्तानमा हुने एसिया कप खेल्न उनी त्यसतर्फ प्रस्तान गरेका हुन् ।

सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट आज (सोमबार) बिहान पाकिस्तान उडेका छन् ।

उनको बिदाईका लागि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ विमानस्थल पुगेका थिए ।

सन्दीपको आइतबार पेसी भएका कारण टोलीसँगै पाकिस्तान जान पाएनन् । तर, आइतबार पेसीमा चढे पनि मुद्दाको सुनुवाइ रोकिएपछि उनी आज पाकिस्तान प्रस्थान गरेका हुन् ।

नेपालले पर्सि (बुधबार) अर्थात् यहीँ भदौ १३ गते पाकिस्तानसँग र १८ गते भारतसँग खेल्ने एसिया कपको खेलतालिका छ ।

प्रतिक्रिया दिनुहोस्