स्पेन विश्व च्याम्पियन



काठमाडाैं ।

स्पेन महिला विश्वकप फुटबल प्रतियोगिता २०२३ को च्याम्पियन बनेको छ । आइतबार सिड्नीमा भएको फाइनल खेलमा स्पेनले इंग्ल्यान्डलाई १–० ले हराएको हो ।

खेलको २९ औं मिनेटमा कार्मोनाले गरेको गोल नै स्पेनलाई उपाधि दिलाउन पर्याप्त भयो । यद्दपि ६९ औं मिनेटमा पाएको पेनाल्टी किकलाई हर्मोसोले गोलमा परिणत गर्न सकिनन् । तर, यसको बावजुद स्पेनले एक गोलको अग्रता अन्तिमसम्म बचाएर पहिलो फाइनललाई स्मरणीय बनायो ।

योसँगै स्पेनको महिला र पुरुष टोलीले फिफा विश्वकप ट्रफी जितेको छ । यसअघि स्पेनको पुरुष टोलीले २०१० को विश्वकप उपाधि जितेको थियो । स्पेनको लागि यो उपाधि जित्नु परिको कथा जस्तै भएको छ । समूह चरणमा स्पेनले जापानविरुद्धको खेल ४–० ले गुमाएको थियो । यो हारले स्पेनी टोलीमाथि शंका लागेको थियो ।

तर, यसपछि नकआउट चरणदेखि भने स्पेनले शानदार खेल देखाउँदै उपाधि नै जितेको छ । स्पेनले अन्तिम १६ मा स्विट्जरल्यान्डलाई ५–१ ले हरायो भने क्वार्टरफाइनलमा नेदरल्यान्ड्सको छुट्टी ग¥यो । यसपछि सेमिफाइनलमा उपाधिकै दावेदारीमा रहेको स्विडेनलाई २–१ ले पराजित गरेर स्पेन फाइनलमा पुगेको थियो ।

इंग्ल्यान्डको लागि भने सन् १९६६ पछि विश्वकप ट्रफी जित्ने सपना चकनाचुर भयो । इंग्ल्यान्डले पछिल्लो पटक विश्वकप जितेको करिब ५७ वर्ष भइसकेको छ । त्यतिबेला पुरुष विश्वकपमा इंग्ल्यान्डले जर्मनीलाई हराएर उपाधि जितेको थियो । तर, यसपछि विश्वकपमा पुरुष टोलीले फाइनलको यात्रा गर्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्