एनसेलको दुई कम्बो प्याक



काठमाडौं । एनसेल आजियाटा लिजिटेडले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने गरी दुई आकर्षक कम्बो प्याक सञ्चालनमा ल्याएको छ ।

अफ नेट अर्थात एनसेल बाहेक अन्य नेपाली मोबाइल सेवाप्रदायक कम्पनीको नम्बरमा सुलभ दरमा कल गर्न ग्राहकले अल नेट कम्बो प्याक लिन सक्छन् । यस प्याकमा ग्राहकले अनलिमिटेड अल नेट भ्वाइस कल, प्रत्येक दिन २ जीबी डेटा र ४०० वटा अल नेट एसएमएस सेवा कर सहित ९९८ रुपियाँमा लिन सक्छन् । ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स ३ ह्यास डायल गरी यो प्याकलिन सकिन्छ ।

त्यसैगरी अन नेट अर्थात एनसेलका नम्बरमा कल गर्न भ्वाइस सेवा आवश्यक रहेका ग्राहकले अझ सुलभ दरमा कुराकानी गर्न प्रतिदिन १ जीबी डेटा, २०० वटा एसएमएससहित अन नेट अनलिमिटेड सेवा करसहित ७९८ रुपियाँमा लिन सक्छन् । यो प्याक एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ७ एष्ट्रिक्स २ ह्यास डायल गरी लिन सकिन्छ । ्

प्रतिक्रिया दिनुहोस्