केन्द्रीय समिति बैठक लाइभ गरेर कांग्रेसले कम्युनिस्टहरुलाई चुनौती दियो : बामदेव गौतम



काठमाडौँ।

राष्ट्रियसभा सदस्य बामदेव गौतमले केन्द्रीय समिति बैठकको प्रत्यक्ष प्रशारण गरेर नेपाली कांग्रेसले धेरै राम्रो काम गरेको बताएका छन् । बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै उनले कांग्रेसलेजस्तै केन्द्रीय समिति बैठक लाइभ गर्न कम्युनिस्ट पार्टीहरुलाई चुनौती दिए ।

‘नेपाली कांग्रेसले लाइभ गरेर केन्द्रीय कमिटी बैठक सुरु गरेको छ । यो कम्युनिस्टहरुलाई चुनौती हो, कम्युनिस्टहरु हो त्यो बाटोमा हिँड, सक्छौ कि सक्दैनौं ?’ गौतमले प्रश्न गरे ।

उनले भने, ‘भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति र दूराचार गर्नका निम्तिबाहेक गोप्य रुपमा निर्णय गर्नुर्ने कुनै विषय छैन ।’

२ साउनमा सुरु भएको केन्द्रीय समिति बैठक नेपाली कांग्रेसले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गर्दै आएको छ । कांग्रेसले केन्द्रीय समिति बैठक खुला गरेर राम्रो काम गरेको भन्दै उनले बधाई दिए ।

प्रतिक्रिया दिनुहोस्