जलहरी बहस संसद्को रेकर्डबाट हटाएकोमा कांग्रेस सांसद रामहरी खतिवडाको आपत्ति



काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले संसद्मा रेकर्डबाट हटाउने परम्परा अन्त्य हुनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको जारी बैठकमा बोल्दै सांसद खतिवडा जलहरी प्रकरण सांसदमा उठेको तर पछि हटाएको भन्दै आपत्ति समेत जनाएका छन् ।

‘महालेखाको प्रतिवेदनमा नै पशुपतिमा चढाईएको जलहरीको सुन हराएको बिषय संसदमा उठाईयो तर पछि त्यसलाई संसदको रेकर्डवाट हटाउने काम भयो, यो परम्पराको अन्त्य हुनुपर्छ,’ उनले भने, ‘तर, संसदको रेकर्डबाट हटाईएको भए पनि जनताको मनवाट हटने छैन् ।’

प्रतिक्रिया दिनुहोस्