राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री महतले बजेटमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै



कठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आह्वान गरिएको छ । बैठक आज (शुक्रबार) विहान ११ः३१ बजेका लागि आह्वान गरिएको हो ।

आज बस्ने उक्त सभाको बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने पहिलो कार्यसूची छ ।

त्यस्तै अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने अन्तिम कार्यसूची रहेको संघीय संसद्का महासचिव डा.भरतराज गौतमले बताए ।

प्रतिक्रिया दिनुहोस्