संसद्‌मा आज पनि बजेटमाथि छलफल हुँदै



काठमाडौं । संसद् बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ ।

संघीय संसद् भवन नयाँबानेश्वरमा सो बैठक बस्नेछ । बैठक बिहीबार बिहान ११ बजे शुरू हुनेछ ।

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटमाथिको सामान्य छलफल जारी रहनेछ ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहिबार पनि छलफल जारी रहने भएको हो ।

प्रतिक्रिया दिनुहोस्