भूमि सट्टापट्टाबारे कसले निर्णय गर्यो समय आएपछि बताउँला – प्रधानमन्त्री



/fli6«o;ef a}7sdf k|d bfxfn sf7df8f}F, @$ h]7M k|wfgdGqL k’iksdn bfxfn …k|r08Ú /fli6«o;efsf] cfh a;]sf] a}7snfO{ ;Daf]wg ug'{x’Fb} . tl:a/ M k|bLk/fh jGt÷/f;;

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय अरूले नै गरेको दाबी गर्नु भएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे अरूले नै निर्णय गरिसकेको र यसको प्रमाण समय आएपछि देखाउने बताउनुभएको हो ।

यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले भन्नुभयो,– राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन । भारतसँग भूमि सट्टपट्टा पहिले नै भएको रहेछ मैले अहिले प्रमाण ठ्याक्कै देखाउन त सकिनँ, सायद समय आउँछ, प्रमाण पनि देखाउन सक्छु ।’

विपक्षी दलका नेताहरूले आफूमाथि आक्षेप लगाउन केही नपाएर यस्तो भन्न थालेको भन्दै उहाँले सदनमा जसले बनावटी रूपमा कुरा उचालेको छ उसैका पालामा भूमि सट्टा–पट्टाको निर्णय भएको छ भन्ने तथ्यहरू विस्तारै सार्वजनिक हुने समेत प्रचण्डले बताउनुभयो । उहाँले यसअघि भन्नुभयो–‘अहिले जो–जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ पनि गर्नुहुन्थेन, उहाँहरूले सट्टाको निर्णय गराउनुभएको छ । समय आउला त्यसपछि बताउँला ।

तर, म के भन्छु भने, नेपालको राष्ट्रियहितको पक्षमा, नेपाली जनताको वृहत्तर विकास र समृद्धिको हितको पक्षमा आफ्नो विवेकले भ्याए जति गरेँ भन्ने छ, मलाई गर्व छ, म खुसी छु ।’ प्रधानमन्त्री प्रचण्डलाई भारत भ्रमणबाट फर्कीएपछि भ्रमणमा भएका भेटवार्ता र सम्झौताका विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र प्रतिपक्षीदलहरू राप्रपा र रास्वपाका सांसदहरूले संसद्मा चर्को आलोचना गरेका थिए । प्रचण्डले सांसदहरूबाट संसद्मा उठेका प्रश्नको जवाफ दिँदैगर्दा समेत प्रतिपक्षी सांसदहरू घेराबन्दी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्