पूर्वराज्यमन्त्री महेश चौधरीको निधन



दाङ ।

पूर्वराज्यमन्त्री महेश चौधरीको बुधबार निधन भएको छ ।  हर्नियाबाट पीडित चौधरीको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा बुधबार दिउँसो निधन भएको हो ।

एमालेका नेतासमेत रहेका उनी २०४८ सालमा राष्ट्रियसभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया दिनुहोस्